पत्रकार महासंघ कास्कीको पत्रकार पुस्तकालय(ई—लाइब्रेरी) तथा स्रोत केन्द्रको उदघाटन

पाेखरा | जेठ १२, २०८१

पत्रकार महासंघ कास्कीको पत्रकार पुस्तकालय(ई—लाइब्रेरी) तथा स्रोत केन्द्रको उदघाटन

पोखरा:     नेपाल पत्रकार महासंघ कास्कीको पत्रकार पुस्तकालय (ई—लाइब्रेरी) तथा स्रोत केन्द्रको उद्घाटन गरिएको छ । 


नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले उक्त स्रोत केन्द्रको उद्घाटन गरेका हुन् । उनले पोखराको पुस्तकालयको इतिहासमा महासंघले इट्टा थप्ने काम गरेको उल्लेख गरे । पठन संस्कृतिको विकासमा महासंघ कास्कीले स्थापना गरेको पुस्तकालय तथा स्रोत केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने उनले उल्लेख गरे । 


‘पत्रकार महासंघ कास्कीले स्थापना गरेको पुस्तकालय तथा स्रोत केन्द्रले पत्रकारको क्षमतामा थप टेवा पुग्ने विश्वास छ । आधुनिक तवरले निर्माण गरिएको पुस्तकालय र स्रोत केन्द्र प्रशंसा गर्न लायक बनेको छ । अब यसको सहि सदुपयोगको कामना गर्दछु,’ उनले भने । 


गण्डकी प्रदेश सभाका सांसद एवम् पूर्व कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले पत्रकारका लागि निर्माण गरिएको पुस्तकालय एवम् स्रोत केन्द्रको स्थापनाले अध्ययन शैलीमा परिवर्तन आउने उल्लेख गरे । प्रेस स्वतन्त्रतालाई आत्मसात् गर्दै सामाजिक उत्तरदायित्व बहन गर्न पुस्तकालय महत्वपूर्ण साबित हुने उनले बताए । 


नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश बिष्टले पत्रकार महासंघ कास्की शाखाले केन्द्रले गर्न नसकेको काम गरेको उल्लेख गरे । उनले केन्द्रले पनि पुस्तकालय निर्माण कार्यलाई अगाडि बढाएको तर आर्थिक स्रोतको आभावमा पुरा गर्न नसकेको हुँदा ४० प्रतिशत काम थाती रहेको बताए । विमला भण्डारी नेतृत्वको महासंघ कास्कीले भने समयमा नै पुस्तकालय निर्माण गरेको प्रति उनले खुसी व्यक्त गरे । 


नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले ई—लाइब्रेरी निर्माणले कास्की र गण्डकी प्रदेशका पत्रकारहरुको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने उल्लेख गरिन् । कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्रालय गण्डकी प्रदेशको ४० लाख र पोखरा महानगरपालिकाको १५ लाखको आर्थिक सहयोगमा पत्रकार महासंघ कास्कीको पत्रकार पुस्तकालय (ई—लाइब्रेरी) र  स्रोत केन्द्रको स्थापना गरिएको उनले जानकारी गराइन् । पोखराको पठन संस्कारमा पत्रकार महासंघ कास्कीमा स्थापना गरिएको पुस्तकालयले सबैलाई फाइदा मिल्ने विश्वास उनको छ । 


पुस्तकालयमा मार्टिन चौतारी, अनौपचारिक सेवा केन्द्र (ईन्सेक), प्रेस काउन्सिल नेपाल, केन्द्रीय पुस्तकालय त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय तथा आवासिय विद्यालय एसोसियसन नेपाल (एनव्याब्सन) लगायतले पुस्तक सहयोग गरेका छन् । 

गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...

थप पढ्नुहोस्

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्